
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ।
बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भएके थियो ।
यस्तै, बिहिबार तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबारकै मूल्यमा यथावत रहि प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।