२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार संसदीय समितिको बैठक बस्दै



संघीय संसद। फाईल फोटो
अ+ अ-

काठमाडाैंः मिनी संसदका रूपमा चिनिने संसदीय समितिका बैठकहरू नियमित रूमा बस्न थालेका छन् । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौति र भावी कार्यदिशाका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक पूर्वाधारको अवस्था र सार्वजनिक सवारी साधनका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल हुनेछ । ग्वार्को स्थित निर्माणाधिन फलाइओभर, कलंकीदेखि वसुन्धारासम्म चक्रपथ बिस्तार आयोजना र कालिमाटी स्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ प्रयोगमा नआएको पुलको स्थलगत निरीक्षण लगायतका विषयमा छलफल हुनेछ ।

मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अध्ययन, अवलोकनबाट देखिएका विषयहरुका सम्बन्धमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयसँग छलफल हुनेछ ।