५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार संसदीय समितिको बैठक बस्दै



संघीय संसद। फाईल फोटो
अ+ अ-

काठमाडाैंः मिनी संसदका रूपमा चिनिने संसदीय समितिका बैठकहरू नियमित रूमा बस्न थालेका छन् । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौति र भावी कार्यदिशाका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक पूर्वाधारको अवस्था र सार्वजनिक सवारी साधनका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल हुनेछ । ग्वार्को स्थित निर्माणाधिन फलाइओभर, कलंकीदेखि वसुन्धारासम्म चक्रपथ बिस्तार आयोजना र कालिमाटी स्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ प्रयोगमा नआएको पुलको स्थलगत निरीक्षण लगायतका विषयमा छलफल हुनेछ ।

मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अध्ययन, अवलोकनबाट देखिएका विषयहरुका सम्बन्धमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयसँग छलफल हुनेछ ।




भर्खरै