• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार



एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनल फ्रेन्च क्लब लेन्ससँग २–१ गोलले पराजित भएको हो । पाहुना टोली आर्सनलले खेलको १४ औं मिनेटमा गाब्रियल जेससको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

तर घरेलु मैदानमा खेलको २५ औं मिनेटमा एड्रियन थोमासनले र ६९ औं मिनेटमा एली वाहीले गोल गर्दै लेन्सलाई जित दिलाए । यो नतिजासँगै समूह बी मा लेन्स २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा आर्सनल ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा सेभिया र पिएसभीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सेभिया २ अंकका साथ तेस्रो तथा पिएसभी एक अंकका साथ चौंथो स्थानमा रहेको छ ।

यसैगरी, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा टर्कीस क्लब गालाटासारेसँग ३–२ गोलको हार ब्यहोर्यो । युनाइटेडका लागि खेलको १७ औं र ६७ औं मिनेटमा रासमस होज्लन्डले दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पाहुना टोली गालाटासारेका लागि २३ औं मिनेटमा विल्फ्रेड जाहा ७२ औं मिनेटमा मुहमेद करिम अक्टरकोग्लुले र ८१ औं मिनेटमा मोउरो इकार्डीले गोल गरे ।

यो नतिजासँगै समूह ए मा गालाटासारे २ खेलबाट ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा अंकविहिन रहेको युनाइटेड तालिकाको पुछारमा छ ।