• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भौतिकशास्त्रको नोबेल पुरस्कार पियरे अगस्टिनी, फेरेन्स क्राउज र एन हुलियरलाई



एजेन्सी । सन् २०२३ को भौतिकशास्त्रको नोबेल पुरस्कार पियरे अगस्टिनी, फेरेन्स क्राउज र एन हुलियरलाई प्रदान गरिएको छ । उनीहरुलाई इलेक्ट्रोनको अध्ययनका लागि यो पुरस्कार दिइएको हो ।

यो पुरस्कार प्रयोगात्मक विधिहरूका लागि दिइएको थियो जसमा पदार्थमा इलेक्ट्रोनहरूको गतिशीलता अध्ययन गर्न प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गरिएको थियो ।

एन हुलियर भौतिकशास्त्रको क्षेत्रमा नोबेल जित्ने पाँचौं महिला बनेकी छिन् । भौतिकशास्त्रको क्षेत्रमा हालसम्म ११९ जनाले यो उपाधि पाएका छन् ।

यसअघि सोमबार अर्थात २ अक्टोबरमा क्याटलिन क्यारिको र ड्र्यु वेइसम्यानले चिकित्साशास्त्रमा नोबेल पुरस्कार पाएका थिए । पुरस्कार वितरण एक सातासम्म चल्नेछ ।

अब अक्टोबर ४ मा रसायनशास्त्रको विजेता घोषणा गरिनेछ । साहित्यतर्फको पुरस्कार अक्टोबर ५ मा प्रदान गरिने छ भने नोबेल शान्ति पुरस्कारको घोषणा अक्टोबर ६ मा हुनेछ । यसपछि अक्टोबर ९ मा इकोनोमिक साइन्समा विजेता घोषणा गरिने छ ।