२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिकशास्त्रको नोबेल पुरस्कार पियरे अगस्टिनी, फेरेन्स क्राउज र एन हुलियरलाई



अ+ अ-

एजेन्सी । सन् २०२३ को भौतिकशास्त्रको नोबेल पुरस्कार पियरे अगस्टिनी, फेरेन्स क्राउज र एन हुलियरलाई प्रदान गरिएको छ । उनीहरुलाई इलेक्ट्रोनको अध्ययनका लागि यो पुरस्कार दिइएको हो ।

यो पुरस्कार प्रयोगात्मक विधिहरूका लागि दिइएको थियो जसमा पदार्थमा इलेक्ट्रोनहरूको गतिशीलता अध्ययन गर्न प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गरिएको थियो ।

एन हुलियर भौतिकशास्त्रको क्षेत्रमा नोबेल जित्ने पाँचौं महिला बनेकी छिन् । भौतिकशास्त्रको क्षेत्रमा हालसम्म ११९ जनाले यो उपाधि पाएका छन् ।

यसअघि सोमबार अर्थात २ अक्टोबरमा क्याटलिन क्यारिको र ड्र्यु वेइसम्यानले चिकित्साशास्त्रमा नोबेल पुरस्कार पाएका थिए । पुरस्कार वितरण एक सातासम्म चल्नेछ ।

अब अक्टोबर ४ मा रसायनशास्त्रको विजेता घोषणा गरिनेछ । साहित्यतर्फको पुरस्कार अक्टोबर ५ मा प्रदान गरिने छ भने नोबेल शान्ति पुरस्कारको घोषणा अक्टोबर ६ मा हुनेछ । यसपछि अक्टोबर ९ मा इकोनोमिक साइन्समा विजेता घोषणा गरिने छ ।