२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन



अ+ अ-

कपिलबस्तु। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुमपूर्वका चार जना सम्पर्कविहीन रहेका छन् ।

त्यसैगरी, बाढीपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा १५८ शव फेलापरेका छन् । फेलापरेका शवमध्ये ५२ महिला, ९० पुरुष, छ बालक, छ बालिका र चार जनाको लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ । त्यहाँ ६४ शरीरका अङ्गसमेत फेलापरेका छन् । शव र शरीरका अङ्ग गरी फेलापरेको कुल सङ्ख्या २२२ पुगेको छ ।

फेलापरेका शवमध्ये नौ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी शव तथा शरीरका अङ्गमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ ।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा फेलापरेका शव र शरीरका अङ्गको पहिचान एवं व्यवस्थापन कार्य जारी रहेको जनाइएको छ । रासस