३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरफान पठानको भविष्यवाणी – इंग्ल्याण्ड र अष्ट्रेलिया नभई यी दुई टोलीले खेल्छन् फाइनल



अ+ अ-

एजेन्सी । क्रिकेटको सबैभन्दा ठूलो लडाई अक्टोबर ५ बाट सुरु हुँदैछ । १२ वर्षपछि भारतले ५० ओभरको विश्वकप आयोजना गर्ने तयारी गरेको छ । आफ्नै भूमिमा प्रतियोगिता आयोजना हुने कारण भारतीय टोलीलाई उपाधिको प्रबल दावेदार पनि मानिन्छ ।

यसैबीच भारतीय पूर्व क्रिकेटर इरफान पठानले विश्वकप २०२३ को उपाधिका लागि खेलिने दुई टोलीको नाम तोकेका छन् ।

स्टार स्पोर्ट्सको एक कार्यक्रममा कुरा गर्दै इरफान पठानले भने कि उनका अनुसार विश्वकपको फाइनल खेल भारत र दक्षिण अफ्रिकाबीच हुनेछ । इरफानले इङ्ल्यान्ड, अष्ट्रेलिया वा पाकिस्तानजस्ता ठूला टोलीमा आफ्नो बाजी लगाएनन् ।

पछिल्लो समय भारतीय टोलीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ । घरेलु मैदानमा भएको तीन खेलको एकदिवसीय सिरिजमा भारतले अस्ट्रेलियालाई २–१ ले हराएको थियो ।

रोहित शर्माको कप्तानीमा भारतले हालै एसिया कपको उपाधि समेत जितेको थियो । भारतीय टोलीको प्रदर्शन बलियो रह्यो र टोलीले फाइनल खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।