९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरफान पठानको भविष्यवाणी – इंग्ल्याण्ड र अष्ट्रेलिया नभई यी दुई टोलीले खेल्छन् फाइनल



अ+ अ-

एजेन्सी । क्रिकेटको सबैभन्दा ठूलो लडाई अक्टोबर ५ बाट सुरु हुँदैछ । १२ वर्षपछि भारतले ५० ओभरको विश्वकप आयोजना गर्ने तयारी गरेको छ । आफ्नै भूमिमा प्रतियोगिता आयोजना हुने कारण भारतीय टोलीलाई उपाधिको प्रबल दावेदार पनि मानिन्छ ।

यसैबीच भारतीय पूर्व क्रिकेटर इरफान पठानले विश्वकप २०२३ को उपाधिका लागि खेलिने दुई टोलीको नाम तोकेका छन् ।

स्टार स्पोर्ट्सको एक कार्यक्रममा कुरा गर्दै इरफान पठानले भने कि उनका अनुसार विश्वकपको फाइनल खेल भारत र दक्षिण अफ्रिकाबीच हुनेछ । इरफानले इङ्ल्यान्ड, अष्ट्रेलिया वा पाकिस्तानजस्ता ठूला टोलीमा आफ्नो बाजी लगाएनन् ।

पछिल्लो समय भारतीय टोलीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ । घरेलु मैदानमा भएको तीन खेलको एकदिवसीय सिरिजमा भारतले अस्ट्रेलियालाई २–१ ले हराएको थियो ।

रोहित शर्माको कप्तानीमा भारतले हालै एसिया कपको उपाधि समेत जितेको थियो । भारतीय टोलीको प्रदर्शन बलियो रह्यो र टोलीले फाइनल खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।