२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले विश्वकपअघि चाल्यो यस्तो चाल, भारतका पूर्व खेलाडीलाई टोलीमा भित्र्यायो



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ सुरु हुनुअघि अफगानिस्तान क्रिकेट टोलीले ठूलो चाल चालेको छ । अफगानिस्तानले विश्वकपका लागि पूर्व भारतीय खेलाडी अजय जडेजालाई मेन्टरको रुपमा टोलीमा समावेश गरेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले यो जानकारी दिएको हो । जडेजासँग धेरै अनुभव छ र उनी भारतको अवस्थाबारे राम्ररी जानकार छन् ।

अजय जडेजालाई मेन्टरका रूपमा टोलीमा राख्दा अफगानिस्तान क्रिकेट टोलीलाई ठूलो फाइदा हुन सक्छ । अजय जडेजालाई भारतका उत्कृष्ट ब्याट्सम्यानमा गनिन्छ । यसका साथै उनलाई यो खेलको पनि राम्रो बुझाइ छ । खेलाडीका रूपमा अजय जडेजाले भारतका लागि तीनवटा विश्वकप पनि खेलेका थिए ।

उनी सन् १९९२, १९९६ र १९९९ को विश्वकपमा भारतीय टोलीका सदस्य थिए । अजय जडेजाले भारतका लागि कुल १९६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस अवधिमा उनको ब्याटबाट ३७.४७ को औसतमा ५ हजार ३५९ रन आएको थियो । जडेजाले आफ्नो करियरमा ६ शतक र ३० अर्धशतक बनाएका थिए ।