२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले विश्वकपअघि चाल्यो यस्तो चाल, भारतका पूर्व खेलाडीलाई टोलीमा भित्र्यायो



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ सुरु हुनुअघि अफगानिस्तान क्रिकेट टोलीले ठूलो चाल चालेको छ । अफगानिस्तानले विश्वकपका लागि पूर्व भारतीय खेलाडी अजय जडेजालाई मेन्टरको रुपमा टोलीमा समावेश गरेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले यो जानकारी दिएको हो । जडेजासँग धेरै अनुभव छ र उनी भारतको अवस्थाबारे राम्ररी जानकार छन् ।

अजय जडेजालाई मेन्टरका रूपमा टोलीमा राख्दा अफगानिस्तान क्रिकेट टोलीलाई ठूलो फाइदा हुन सक्छ । अजय जडेजालाई भारतका उत्कृष्ट ब्याट्सम्यानमा गनिन्छ । यसका साथै उनलाई यो खेलको पनि राम्रो बुझाइ छ । खेलाडीका रूपमा अजय जडेजाले भारतका लागि तीनवटा विश्वकप पनि खेलेका थिए ।

उनी सन् १९९२, १९९६ र १९९९ को विश्वकपमा भारतीय टोलीका सदस्य थिए । अजय जडेजाले भारतका लागि कुल १९६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस अवधिमा उनको ब्याटबाट ३७.४७ को औसतमा ५ हजार ३५९ रन आएको थियो । जडेजाले आफ्नो करियरमा ६ शतक र ३० अर्धशतक बनाएका थिए ।