२१ आश्विन २०८१, सोमबार
,
Latest
हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी



अ+ अ-

कर्णाली।नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो ।

अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो । उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गर्नुभयो ।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गर्नुभयो । उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ । रासस