६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

क्रिकेटमा यस्ता प्रतिद्वन्द्वी, जहाँ दुबै टिमले हार सहन सक्दैनन्

क्रिकेटमा यस्ता प्रतिद्वन्द्वी, जहाँ दुबै टिमले हार सहन सक्दैनन्
अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुँदैछ । ४६ दिनसम्म चल्ने प्रतियोगितामा कुल ४८ खेल हुनेछन् । विश्वकपका हरेक खेल महत्वपूर्ण भएपनि ४८ मध्ये ४ खेल यस्तो हुने भएका छन् जसमा हार कसैलाई पनि मान्य हुनेछैन ।

यी खेलहरू क्रिकेट मात्र होइनन् । तिनीहरू उत्साह, भावना र सम्मानको प्रतीक बन्छन् । यी ४ खेलले प्रतियोगिताका ४ ठूला प्रतिद्वन्द्वीहरूलाई प्रतिनिधित्व गर्दछ ।

प्रतिद्वन्द्वी १ः भारत भर्सेस पाकिस्तान
भारत र पाकिस्तान कुनै समय एउटै देश थिए तर सन् १९४७ मा विभाजित भए । विभाजनका बेला हिंसा भयो, लाखौंको ज्यान गयो । यसबाट फैलिएको तिक्तता दुवै देशका जनतामा अहिले पनि छ । दुवै देशले अहिलेसम्म चार पटक युद्ध लडेका छन् । यी सबैको असर क्रिकेटमा पनि परेको छ ।

भारत र पाकिस्तानबीचको हरेक क्रिकेट खेल फ्यानका लागि युद्धजस्तै हुन्छ ।

दुई टोलीबीच तीनवटै फर्म्याट अर्थात एकदिवसीय, टेष्ट र टी–२० गरी २०५ खेल खेलिएका छन् । जसमध्ये भारतले ७३ र पाकिस्तानले ८८ खेल जितेको छ । एउटा खेल बराबरी भयो र बाँकी खेल या त बराबरी वा निष्कर्षविहीन रह्यो ।

स्पष्ट रूपमा, पाकिस्तान समग्र तथ्याङ्कमा अगाडि छ । तर, विश्वकपको भिडन्तमा भारतको पूर्ण दबदबा छ । एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच सातवटा भिडन्त भएका थिए र सातवटैमा भारतले जित हासिल गरेको थियो । टी–२० विश्वकपमा पनि सात खेल भएका छन् । जसमध्ये भारतले ६ र पाकिस्तानले १ खेल मात्रै जितेको छ ।

भारत–पाकिस्तान एकदिवसीय विश्वकप खेलका २ स्मरणीय पल
सन् १९९६ को विश्वकपको क्वार्टरफाइनल भारत र पाकिस्तानबीच बेंगलुरुमा भएको थियो । पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर २८७ रन बनाएको थियो । ओपनर नवजोत सिंह सिद्धुले ९३ र अजय जडेजाले २५ बलमा ४५ रन बनाए । जडेजाले पनि खतरनाक वकार युनिसको एक ओभरमा २२ रन जोडे ।

२८८ रनको जवाफमा पाकिस्तानले १० ओभरमा विना विकेट गुमाएर ८४ रन बनायो । १५औं ओभरमा कप्तान आमिर सोहेलले तेज बलर वेंकटेश प्रसादको बलमा २ चौका प्रहार गर्दै उनलाई बाउन्ड्रीमा गएर बल उठाउन संकेत गरे । राउण्ड द विकेटबाट आएका सोहेललाई भेंकटेशले बोल्ड गरे, अफ स्टम्प आमिर सोहेल मैदान बाहिर भए । पाकिस्तानको गति खस्कियो र टोली अन्ततः ३९ रनले क्वार्टरफाइनलमा पराजित भयो ।

२. शोएब अख्तरको बाउन्सर आक्रमण, सचिनले माथिल्लो कटको साथ छक्का प्रहार गरे
सन् २००३ को विश्वकपमा भारत र पाकिस्तानबीचको खेल सेन्चुरियनमा भएको थियो । पाकिस्तानले पहिले ब्याटिङ गरेको थियो । इन्जमाम उल हक रनआउट भए पनि ओपनर सइद अनवरले शतक प्रहार गर्दै टोलीको स्कोर ७ विकेटमा २७३ रनमा पुर्याएका थिए । खेलअघि पाकिस्तानी कप्तान वकार युनिसले सचिन तेन्दुलकरलाई आउट गर्न बाउन्सर आक्रमण गर्ने रणनीति बनाएका थिए ।

सोएब अख्तरले सचिनलाई बाउन्सर हान्ने जिम्मेवारी पाएका थिए । सचिनले आफ्नो पहिलो ओभरमा अपर कटको साथ डीप पोइन्टमा छक्का प्रहार गरे । तेन्दुलकरले आफ्नो ओभरमा १८ रन बनाएपछि शोएबलाई बलिङबाट हटाइयो । सचिनले ७५ बलमा ९८ रन बनाए र टोलीले ४६ औं ओभरमा ४ विकेट गुमाएर खेल जित्यो ।

प्रतिद्वन्द्वी २ः इंग्ल्याण्ड भर्सेस अष्ट्रेलिया
अस्ट्रेलिया सय वर्षभन्दा बढी समयसम्म बेलायतको अधिनमा थियो । अमेरिकाको स्वतन्त्रता पछि, बेलायतीहरूले आफ्ना कैदीहरूलाई अष्ट्रेलियामा उनीहरूको सजाय काट्न पठाए । यी कैदीहरू पछि अष्ट्रेलियाका बासिन्दा भए । पछि अष्ट्रेलियामा धेरै अंग्रेजहरू बसे । अस्ट्रेलिया छुट्टै राष्ट्र बनेपछि दुई देशबीच अन्तर्राष्ट्रिय क्रिकेट खेल पनि सुरु भयो ।

बेलायती जनताले अस्ट्रेलिया आफ्नो गुलाम भएकोले क्रिकेटमा पछि पर्नेछ भन्ने विश्वास गर्थे । तर, यो हुन सकेन । सन् १८७७ मा अस्ट्रेलियाले पहिलो पटक घरेलु मैदानमा इंग्ल्याण्डलाई हराएको थियो । बेलायती अखबार द स्पोर्टिङ टाइम्सकी युवा रिपोर्टर शर्ली ब्रुक्स यसबाट यति दुखित भएकी थिइन् कि उनले अखबारमा बेलायती क्रिकेटको मृत्युको शोक लेखिन् ।

यस घटनाको पाँच वर्षपछि सन् १९८२ मा इंग्ल्याण्डको टोली अस्ट्रेलिया भ्रमणको लागि प्रस्थान गर्न लाग्दा इङ्ल्यान्डका कप्तान इभो ब्लिघले भनेका थिए कि इंग्लिस क्रिकेट मरे पनि अस्ट्रेलियालाई उसकै मैदानमा हराएर इङ्लिस क्रिकेटको खरानी (एशज)फ्याँक्नेछौं । त्यो सिरिज इंग्ल्याण्डले जितेको थियो । भनिन्छ, केही महिलाहरूले स्टम्पको बेलहरू जलाए, केही खरानी जम्मा गरेर अंग्रेजी कप्तानलाई दिँदै ‘खरानी ९एशेज० फिर्ता लैजाउ’ भने । यहीँबाट सुरु भएको एशेज टेस्ट शृंखलाले पनि दुई टोलीबीचको प्रतिद्वन्द्वी झन् बढ्न थाल्यो ।

दुई देशबीच अन्तर्राष्ट्रिय क्रिकेटमा जम्मा ५३९ खेल खेलिएका छन् । अष्ट्रेलियाले २४९ खेल जितेको छ भने इंग्ल्याण्डले १८६ खेल जितेको छ । २ खेल टाई, ९७ बराबरी र ५ खेल निष्कर्षविहीन रहे ।

अस्ट्रेलिया र इंग्ल्याण्ड सन् १९८७ को विश्वकपको फाइनलमा कोलकातामा भिडेका थिए । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर २५३ रन बनाएको थियो । डेभिड बुनले ७५ रन र माइक भालेटाले ३१ बलमा ४५ रन बनाए ।

जवाफमा इंग्ल्याण्डले २ विकेट गुमाएर १३५ रन बनायो । ४५ रन बनाएर क्रिजमा रहेका कप्तान माइक ग्याटिङ्ले बिल एथेसँग ५० रनको साझेदारी गरेका थिए । टोली सहज जिततर्फ अघि बढिरहेको थियो तर एलन बोर्डरको बलमा ग्याटिङ्ले रिभर्स स्विप खेल्दै विकेटकिपरको हातमा क्याच आउट भए । गति बदलियो र एथे पनि ५८ रन बनाएर रनआउट भए । इंग्ल्यान्डले ८ विकेटमा २३५ रन मात्र बनाउन सक्यो र फाइनलमा ७ रनले पराजित भयो ।

अर्कोतर्फ, सन् २००३ को विश्वकपको समूह चरणको खेल अष्ट्रेलिया र इङ्ल्यान्डबीच केबेरामा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेटमा २०४ रन मात्रै बनाउन सकेको थियो । अष्ट्रेलियाका एन्डी बिकेलले मात्र २० रनमा ७ विकेट लिए । त्यसबेला अष्ट्रेलियाका लागि २०५ रनको लक्ष्य निकै सानो थियो तर टोलीले १३५ रनमा ८ विकेट गुमाएको थियो । एन्डी क्याडिकले ४ विकेट लिए ।

यहाँ माइकल बेभान र पहिलो इनिङ्सका नायक बिकेलले ७३ रनको साझेदारी गरे । दुवैले अन्तिम ओभरमा अष्ट्रेलियालाई २ विकेटले जित दिलाएका थिए । बिकेलले ३४ र बेभानले ७४ रन बनाए, बिकेलले दोहोरो प्रदर्शनका लागि प्लेयर अफ द म्याचको अवार्ड पनि पाए ।

एकदिवसीय विश्वकपमा यी दुईबीच ९ खेल खेलिएका थिए । अस्ट्रेलियाले ६ मा जित्यो भने इंग्ल्यान्डले ३ मा मात्रै जित्यो । यी दुईबीचको पहिलो खेल सन् १९७५ मा भएको थियो । इंग्ल्यान्ड ९३ रनमा अलआउट हुँदा अस्ट्रेलिया ४ विकेटले विजयी भएको थियो ।

सन् २००३ देखि २०१९ मा समूह चरणसम्म यी दुईबीच ४ खेल भएका थिए जसमा सबै अष्ट्रेलियाले जितेको थियो । २०१९ मा सेमिफाइनलमा दुवै टोली फेरि भिड्दै थिए । यहाँ इङ्ल्यान्डले जित निकाल्यो र पछि उपाधि समेत जित्न सफल भयो । अब दुवै टोली अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नोभेम्बर ४ मा १० औं पटक आमने सामने हुनेछन् ।

प्रतीद्वन्द्वी ३ः भारत भर्सेस इंग्ल्याण्ड
अंग्रेजहरूले क्रिकेटलाई भारतमा ल्याए । पछि यो दुई देशबीचको सबैभन्दा ठूलो खेल प्रतियोगिता पनि बन्यो । भारत स्वतन्त्र हुनुभन्दा १५ वर्षअघिदेखि नै अर्थात् सन् १९३२ देखि दुई देशबीच अन्तर्राष्ट्रिय खेल हुँदै आएको छ ।

भिडन्त सुरु भएपछि करिब चार दशकसम्म इङ्ल्यान्डको टोली भारतमाथि दबदबा कायम राखे पनि त्यसपछि भारतले पनि इंग्ल्याण्डलाई नियमित हराउन थाल्यो । सन् १९८३ मा भारत पहिलो पटक एकदिवसीय क्रिकेटमा विश्व च्याम्पियन बन्दा सेमिफाइनलमा इंग्ल्याण्डलाई हराएर उपाधि जितेको थियो ।

दुई टोलीबीच तीनवटै ढाँचामा गरी २६० खेल भइसकेका छन् । भारतले सय खेल जितेको छ । इंग्ल्याण्डले १०५ खेल जितेको छ । २ खेल टाई रह्यो । यस्तै, ५० बराबरी र ३ खेल अनिर्णित रहे ।

सन् १९८३ को विश्वकपको सेमिफाइनल अन्तर्गत म्यानचेस्टरमा भारत र इंग्ल्याण्ड भिडेका थिए । जब यो खेलको टिकट बिक्री हुन थाल्यो, भारतीय फ्यानहरूलाई टिकट किनेर के गर्ने, तिम्रो टोली हार्छ भनेर जिस्काउन थालियो ।

२२ जुन १९८३ मा भएको सेमिफाइनलमा इंग्ल्याण्ड २१३ रन बनाएर अल आउट भयो । कपिल देवले ३ विकेट लिए भने रोजर बिन्नी र मोहिन्दर अमरनाथले २–२ विकेट लिए । भारतले ३२ बल बाँकी रहँदै ४ विकेट गुमाएर २१४ रनको लक्ष्य पुरा गरेको थियो । यशपाल शर्मा र सन्दीप पाटिलले अर्धशतक बनाए ।

भारत र इंग्ल्यान्ड सन् २०११ को विश्वकपको समूह चरणमा बेंगलुरुमा भिडेका थिए । टिम इन्डियाले पहिले ब्याटिङ गरेको थियो । सचिनले १२० रन बनाएको उक्त खेलमा भारतले ३३८ रन बनाएको थियो । इंग्ल्याण्डका टिम ब्रेसननले ५ विकेट लिएका थिए ।

३३९ रनको जवाफमा इङ्ल्यान्डका कप्तान एन्ड्रयु स्ट्रसले पनि शतक बनाए । उनले ४३ ओभरमा टोलीको स्कोर २८० भन्दा माथि पुर्याएका थिए तर सोही ओभरमा जहीर खानले उनलाई एलबीडब्ल्यू गरेका थिए । यहाँ पनि इङ्ल्यान्ड खेल जित्नतर्फ अघि बढ्दै थियो तर जाहिरले इयान बेल र पल कलिङवुडलाई पनि आउट गर्दै भारतलाई खेलमा फर्काए । अन्तिम ओभरमा इंग्ल्याण्डलाई १४ रन चाहिएको थियो, टोलीले १३ रन मात्र बनाउन सके र खेल टाई भयो । विश्वकपको इतिहासमा यो चौथो टाई खेल थियो ।

प्रतिद्वन्द्वी ४ः पाकिस्तान भर्सेस अफगानिस्तान
भारत र पाकिस्तान जस्तै पाकिस्तान र अफगानिस्तानबीच पनि सीमा विवाद छ । अफगानिस्तानले कहिल्यै डुरान्ड रेखालाई अन्तर्राष्ट्रिय सीमा मानेको छैन । जसका कारण बेलाबेलामा दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहन्छ । यसले पाकिस्तान–अफगानिस्तान क्रिकेट खेललाई पनि असर गर्छ ।

यी दुई टोलीबीचको पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१२ मा भएको थियो । त्यसपछि जहिले पनि यी दुईबीच खेल हुने गर्छ कडा भिडन्तको रुपमा हेरिन्छ । २०१८ को एसिया कपको खेलमा दुवै टोलीका खेलाडी मात्र होइन, स्ट्यान्डमा उपस्थित फ्यानहरू पनि आपसमा भिडेका थिए । यो खेल पाकिस्तानले ३ विकेटले जितेको थियो । पराजयपछि अफगान दर्शकहरु यति निराश भएका थिए कि उनीहरुले स्टेडियमका कुर्सीहरु समेत भाँचिदिए ।

यी दुई टोलीबीच सबै फर्म्याटमा १३ खेल भइसकेका छन् । पाकिस्तानले ११ र अफगानिस्तानले २ जित हात पारेको छ ।

सन् २०१९ को विश्वकपको समूह चरणको खेल अफगानिस्तान र पाकिस्तानबीच लिड्समा भएको थियो । अफगानिस्तानले २२७ रन बनाएको थियो । शाहिन शाह अफ्रिदीले ४ विकेट लिएका थिए । जवाफमा पाकिस्तानले ४५ ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो । पाकिस्तानलाई ३० बलमा ४६ रन चाहिएको थियो जहाँ बलिङ गर्न आएका अफगानिस्तानका कप्तान गुलबदिन नाइबले १८ रन दिए ।

यो ओभरमा इमाद वासिमले ४ चौका प्रहार गरे । खेल अन्तिम ओभरसम्म चल्यो र टोलीलाई ६ बलमा ६ रन आवश्यक थियो । पहिलो ३ बलमा ४ रन बनाएका इमाद वासिमले चौथो बलमा चौका प्रहार गरेपछि पाकिस्तानले उक्त रोमाञ्चक खेल ३ विकेटले जित्यो ।

एकदिवसीय विश्वकप २०१९ मा दुई टोलीबीचको एकमात्र खेल भएको थियो, जुन पाकिस्तानले अन्तिम ओभरमा ३ विकेटले जितेको थियो । यी दुईबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन्, सातवटैमा पाकिस्तानले जित निकालेको छ ।

अफगानिस्तान ३ खेलमा जितको निकै नजिक पुगेको थियो तर अन्तिम ओभरमा पराजित भएको थियो । अब अक्टोबर २३ मा चेन्नईको चेपौक स्टेडियममा विश्वकपमा दुवै टोली फेरि एक अर्काको सामना गर्दैछन् ।