• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण

साताको पहिलो दिन नेप्से ७५.७९ अंकले घट्यो, होटल्स तथा पर्यटन समूह बाहेक सबै ओरालो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७५.७९ अंकले घटेर २ हजार ५७२.२२ विन्दुमा बन्द भएको छ। यस दिन शेयर बजार २.८६ प्रतिशतले घटेर २ हजार ६०० विन्दु तल झरेको हो । 

आज २ हजार ६६३.८४ विन्दुदेखि खुलेको बजार २ हजार ५६४.७८ विन्दुसम्म झरेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि २.६३ प्रतिशत अर्थात् १२.५६ अंक घटेर ४६४.०५ विन्दुमा बन्द भएको छ । 

आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । यो दिन २१५ ओटा कम्पनीको १ लाख ४ हजार ४० पटकको व्यापारमा रू. ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर कारोबार भएको हो । कोभिडका कारण केहि व्यवसायिक क्षेत्रहरु प्रभावित भइसकेको अवस्थामा त्यस क्षेत्रका लगानीकर्ताहरु पनि यो क्षेत्रमा प्रवेश गर्ने क्रम बढेकाले कारोबार रकमले उच्चता पाएको समेत ब्रोकरहरु बताउँछन् । 

यो दिन सर्वाधिक रकमको शेयर कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । उक्त कम्पनीको रू. ३९ करोड ५२ लाख ५२ हजार बराबरको ७ लाख २३ हजार ६५७ कित्ता शेयर खरीदविक्री भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य भने ३.७४ प्रतिशत अर्थात प्रतिकित्ता रू. २१ ले घटेर रू. ५४१ मा झरेको छ ।

यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक घट्दा होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.१४ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ्गको २.३४ प्रतिशत, व्यापारिकको ३.१ प्रतिशत, विकास बैंकको २.९७ प्रतिशत, जलविद्युतको ४.३७ प्रतिशत, वित्तको ३.४ प्रतिशत, निर्जीवन बीमाको ३.३४ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.४५ प्रतिशत, अन्यको २.३४ प्रतिशत, लघुवित्तको ३.०६ प्रतिशत, जीवन बीमाको २.६८ प्रतिशत, म्युचुअल फण्डको ०.७ प्रतिशत र लगानी समूहको ३.३७ प्रतिशत परिसूचक घटेको हो ।

आइतबारको बजारमा चन्द्रागिरी हिल्स लिमिटेड र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ८ प्रतिशतभन्दा बढी घटेको छ । चन्द्रागिरी हिल्सको ८.४३ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १ हजार ९५५ र नारायणी डेभलपमेण्ट बैंकको ८.१९ प्रतिशत घटेर अन्तिम मूल्य रू. ५२७ कायम भएको हो ।

चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. १८० र नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ४७ ले यो दिन मूल्यमा कमि भएको हो । उच्च दोहोरो अंकले घटेको बजारमा यसदिन महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य भने उच्च दरमै बढेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत र विशाल बजार कम्पनीको ९.९७ प्रतिशत मूल्य बढेको हो । महिला लघुवित्तको प्रतिकित्ता रू. १९४ ले बढेर अन्तिम मूल्य रू. २ हजार १३६ र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ३१६ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ४८४ कायम भएको हो ।