९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ: अध्यक्ष केसी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ: अध्यक्ष केसी
file photo
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ ।

उहाँले राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको धारणा राख्नुभयो ।

पूर्वउपप्रधानमन्त्री केसीले भन्नुभयो, “हाम्रा नीति निर्माणमै कमजोरी छ, कार्यान्वयन गर्ने पक्ष त झन कमजोर छ । पैसाको मोलमोलाइको अभियोगमा आयोगका पदाधिकारी नै संलग्न भएको घटना विगतमै बाहिरियो, मुद्दा चलाउन पर्नेलाई सरकारी वकिलले नीति निर्माताका नाममा छोड्यो ।”

हामीले अवलम्बन गरेको प्रणाली, सत्ता, जिम्मेवार व्यक्ति र नीति निर्माताप्रति जनतामा असाध्यै ठूलो निराशा रहेको बताउँदै उहाँले जनताको यो निराशालाई गलत साबित गर्न सरकार, राजनीतिक दल र सांसदले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने खाँचो आँैल्याउनुभयो ।

कैयौँ घटनामा सरकारी वकिलले के गर्छ भनी जनताले नियालिरहेकामा जघन्य र ठूला घटनामा संलग्नका मुद्दा नचलाउने र फिर्ता लिने कुराले कानुनी राज्यमाथि नै प्रश्न उठेको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो, “देशलाई यो स्थितिमा पुर्‍याउन समाजको अगुवाइ गर्ने हामी राजनीति नेतृत्वले नै यो वातावरण तयार गरेका हौँ ।”

संस्कृति, सम्पदा, भूगोल, चलन, प्राकृतिक स्रोत र साधनका हिसाबले हाम्रो मुलुक संसारकै समृद्ध रहे पनि हाम्रा गलत अभ्यासले जनतामा केही हुन्न भाव फैलिएको बताउँदै अध्यक्ष केसीले बालबच्चालाई अङ्ग्रेजी सिकाउने, त्यही खुवाउने र लाउने प्रवृत्तिले राष्ट्रियता कमजोर भएको विचार प्रकट गर्नुभयो ।

शैक्षिक परामर्शका नाममा विद्यार्थी र युवालाई आफ्नो व्यापार वृद्धि गर्न विदेश जान प्रेरित गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “यहाँ भविष्य छैन, विदेश जानुपर्छ, भाषागतरुपमा तयार हुनुपर्छ, खेतबारी बेचर खर्च बनाउनुपर्छ भन्ने प्रवृत्तिले समाज नै अधोगतितर्फ गइरहेको छ ।”

सरकार चलाउने र नियम कानुन बनाउनेप्रति नै जनताको अविश्वास बढिरहेको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कहालीलाग्दो भीडले पुष्टि गरेको बताउँदै सांसद केसीले शिक्षण संस्थाले पनि देशभक्तिको भावना बढाउने शिक्षा दिलाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सिद्धान्तदेखि अत्यावश्यक सबै आयात गर्नु परिरहेको परिस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै नेता केसीले हाम्रो निर्यात भनेको राष्ट्र विकासका लागि आवश्यक युवा जनशक्तिमात्र हुन पुगेको भनी व्यङ्ग्य गर्नुभयो ।

उदारीकरणका नाममा मुलुकका राष्ट्रिय उद्योगधन्दा र कलकारखाना सबै सखाप भएको उल्लेख गर्दै वामपन्थी नेता केसीले भन्नुभयो, “हामीले दिएको शिक्षा र अपनाएको अभ्यासले मानसिक र भौतिकरुपमै बाहिर जानका लागि जनशक्ति तयार गर्ने मात्र काम भएको छ ।”

पुर्खाले अहिलेको जस्तो बेथिति गरेको भए सांसददेखि प्रधानमन्त्रीसम्म हामी हुन्थेनौँ भन्दै उहाँले देश बनाउने, परिवर्तन गर्ने र बचाउने जिम्मेवारी हाम्रै काँधमा रहेकाले त्यसका लागि थप गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस