१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बागमती अध्यक्षमा ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतले विजयी



अ+ अ-

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मतसहित ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरे ।

उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे ।

यस्तै सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सिलवाल एक मतले विजयी भए । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मतसहित विजयी भए ।