• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

सुनको मूल्यमा निरन्तर ओरालो, यो सातामा मात्र तीन हजार चार सयले घट्यो



काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आईतबार प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा तीन हजार चार सय रुपैँयाले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला आठ सय रुपैयाँले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।