• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन ★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

ग्लोबल बैंक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड वितरण



उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रा.लि.बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं.१ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक, प्रदेश नं. १ का प्रमुख सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताउनुभयो । यसैगरी, ग्लोबल आइएमई बैंक गाईघाट शाखाका प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्युनीकरण हुने कुरा बताउनुभएको छ । 

बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको छ ।ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।