• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० गर्ने



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ ।

एकीकृत समाजवादीले यहीँ असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो ।

असोज १४ गते काँकडभिट्टाको मेची नदि किनाराबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिव १ हजार किलोमिटर यात्रा हुने बताइएको छ । यस बीचमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताउनु भयो । उहाँले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिनुभयो ।

त्यस्तै आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशन अघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समृद्धि र समाजवादको आजको चरणको ठोस कार्यक्रम के हुनसक्छ ? भन्ने बारेमा हामीले दुनियाँलाई यो कुरा बताउने । त्यस अर्थमा हाम्रा एजेण्डाहरु राष्ट्रलाई सुनाउने, यो महाधिवेशन अगाडी नै हामी पूर्वदेखि पश्चिम गएर आफ्ना कुराहरु राख्ने । त्यसमा जनताको, बौद्धिक जमातको र अरु तमाम क्षेत्रको सुझावहरु समेत लिएर अझ स्पष्टताका साथ आउने महाधिवेशनमा जानका लागि पहलकदमी लिएका छौँ । त्यही पहलकदमी यो अभियान हो । यसमा हाम्रो धेरै प्रष्ट कुरा छ, हाम्रो जस्ता मुलुकहरुको सबभन्दा ठूलो समस्या बेरोजगारी हो । विकासका अरु तमाम कुरा गरेर यदी बेरोजगारीलाई समाधान गर्ने, त्यो समस्यालाई हल गर्ने ठोस कार्यक्रम भएन । त्यस अनुकुल कृषिमा हस्तक्षेप गरिएन । उद्योगमा हस्तक्षेप गर्न सकिएन ।

त्यस अनुकुलको पूर्वाधार निर्माण गर्न सकिएन । अरु उत्पादनको क्षेत्रहरु निर्माण गर्न सकिएन । सुशासन, स्वास्थ्य, शिक्षा जस्ता कुराहरुमा त्यस अनुकुल नै हाम्राजस्ता मुलुकहरुले कसरी बेरोजगारी उन्मुलन गर्छ, गरिबी उन्मुलन गर्छ भन्ने ठोस कार्यक्रम भएन भने हामी फेरि राजनीतिको गोलचक्करमा फस्छौँ । भुमरीमा फस्छौँ । यसले गर्दा अब दुनियाँका सामु यो कुरा प्रष्ट भनेर जानुपर्छ । साथसाथै हाम्रो जस्तो मुलुकका लागि भुराजनीतिक दबाब झेल्दै सबै राष्ट्रहरुसँग समानताका आधारमा र आपसी हितका आधारमा सम्बन्धहरुलाई बिस्तार गर्दै राष्ट्रको पहिचान र प्रगतिलाई अगाडी बढाउनका लागि कस्तो विदेश नीति चाहिन्छ भन्ने बारेमा समेत हामीले आफुले बोल्नुपर्ने भएको छ । प्रष्ट कुरा राख्नुपर्ने भएको छ । हिजो हामीले दिशा बताएका थियौँ । अब हामी बाटो बताउन जादैँछौँ ।’

उहाँले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताउनु भयो । उहाँले यस अभियानका क्रममा आफूहरुले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गर्नुभयो ।