२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग पराजित हुदै म्यानचेस्टर सिटी इएफएल कपबाट बाहिरियो



अ+ अ-

एजेन्सी । प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी इएफएल कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार न्युक्यासलसँग १–० ले पराजित हुदै सिटी इएफएल कपबाट बाहिरिएको हो ।

घरेलु मैदानमा भएको खेलमा न्युक्यासलका अलेक्जेन्डर इसाकले गोल गर्दै टीमको लागि जित हात पारे । उनले ५३ औं मिनेटमा गोल गरेका थिए । यससँगै साबिक विजेता समेत रहेको सिटीको इएफएल कपको यात्रा समाप्त भएको छ ।

अब न्युक्यासले प्रि– क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, इएफएल कपको अर्को खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले हराएको छ । त्यसैगरी चेल्सीले ब्राइटन तथा आर्सनलले ब्रेन्टपलोर्डलाई समान १–० ले हराउँदै अन्तिम १६ मा पुगेको छ ।




भर्खरै