१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान

एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुदै छ ।

पार्टी मुख्यालय च्यासलमा हुने मतदान बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको एमालेले जनाएको छ । निर्वाचनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशवराज पाण्डे, रामेछापका केशबहादुर बुढाथोकी र काठमाडौंका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।

असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

यी हुन् पदाधिकारीका उम्मेदवारहरू:

एक अध्यक्षका लागि

कृष्णप्रसाद दाहाल
कैलाश ढुंगेल
केशवराज पाण्डे
केशबहादुर बुढाथोकी
सानुकुमार श्रेष्ठ

एक उपाध्यक्षका लागि

सुवासचन्द्र ठकुरी
दावादोर्जे लामा
इश्वरचन्द्र पोखरेल
नारायणप्रसाद खतिवडा
राजेन्द्र राजथला

एक सचिवका लागि

रत्ना गुरुङ
नवराज सिलवाल
हस्त पण्डित
राजकुमार अधिकारी

दुई उपसचिवका लागि

डबल पाण्डे
टासी लामा
ओमराज पन्त
खड्गबहादुर खत्री
गंगादेवी श्रेष्ठ
भक्तकुमारी लामा
ठाकुरप्रसाद गजुरेल
कृष्णहरि थापा
रमेश महर्जन
प्रेमबहादुर महर्जन
राजेन्द्र श्रेष्ठ
रिता गौतम ढकाल