२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुदै छ ।

पार्टी मुख्यालय च्यासलमा हुने मतदान बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको एमालेले जनाएको छ । निर्वाचनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशवराज पाण्डे, रामेछापका केशबहादुर बुढाथोकी र काठमाडौंका सानुकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।

असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ ।

यी हुन् पदाधिकारीका उम्मेदवारहरू:

एक अध्यक्षका लागि

कृष्णप्रसाद दाहाल
कैलाश ढुंगेल
केशवराज पाण्डे
केशबहादुर बुढाथोकी
सानुकुमार श्रेष्ठ

एक उपाध्यक्षका लागि

सुवासचन्द्र ठकुरी
दावादोर्जे लामा
इश्वरचन्द्र पोखरेल
नारायणप्रसाद खतिवडा
राजेन्द्र राजथला

एक सचिवका लागि

रत्ना गुरुङ
नवराज सिलवाल
हस्त पण्डित
राजकुमार अधिकारी

दुई उपसचिवका लागि

डबल पाण्डे
टासी लामा
ओमराज पन्त
खड्गबहादुर खत्री
गंगादेवी श्रेष्ठ
भक्तकुमारी लामा
ठाकुरप्रसाद गजुरेल
कृष्णहरि थापा
रमेश महर्जन
प्रेमबहादुर महर्जन
राजेन्द्र श्रेष्ठ
रिता गौतम ढकाल