• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

साफ यू–१९ च्याम्पियनसिपः भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा



एजेन्सी । पाकिस्तान साफ यू–१९ फुटबलको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा भुटानलाई पेनाल्टीमा ६–५ गोलले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेटसम्म दुबै टोलीले स्कोर निकाल्न नसकेपछि खेल टाइब्रेकरमा गएको हो । पाकिस्तानले अब उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल अन्तर्गत नेपाल र भारतबीचको खेल आजै साँझ ५ः३० बजे दशरथ रंगशालामा नै हुनेछ । फाइनल खेल शनिबार हुन्छ ।