४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

मानिसको भाग्य बदल्ने चार टिप्स

मानिसको भाग्य बदल्ने चार टिप्स
अ+ अ-

एजेन्सी । आफ्नो नियन्त्रणभन्दा बाहिर भएका कारक तत्वको सामना गर्ने तरिका र हुनसक्छ त्यसलाई आफ्नो फाइदाका लागि प्रयोग गर्नेबारे कार्ला स्टार्रले नयाँ पुस्तकमा केही समाधान पनि निकालेकी छिन्। उनको नयाँ पुस्तकको नाम हो (Can you learn to be lucky ? Why some people seem two in more often then others)

लास भेगासको “कार्ड काउन्टर” भएर सोच्नुहोस्। तपाईलाई वितरण गरिएको तास मात्रै भाग्य हुनुसक्छ तर त्यसको “प्याटर्न” अध्ययन गर्नुभयो भने आफ्नो फाइदाका लागि सुक्ष्म कामहरू गर्न सकिन्छ। जितको ग्यारेन्टी त नहोला तर सम्भावना बढाउन सकिन्छ।  जीवनलाई कसरी भाग्यमानी बनाउने ?

१)  बलियो सामाजिक सञ्जाल विकास गर्नुहोस्

एउटा आकर्षक जागिर दिइरहेका नयाँ सम्पर्क व्यक्ति वा पुरानो साथीसँग अकस्मात भेट हुनुलाई धेरैले भाग्य ठान्छन्। तर घरमा एक्ले बस्नेहरूभन्दा बाहिर निस्किएर मानिसहरूसँग अन्तर्क्रियाको प्रयास गर्नेहरूसँग त्यसको अकस्मातको घटना धेरै हुने सम्भावना हुन्छ।

“कम्पनीभित्र र बाहिर सामाजिक सम्बन्धको विविधता कायम गर्नु नै career सफल बनाउने एउटा महत्वपूर्ण कारण हो,” स्टार्रले भनिन्। “ठूलो सञ्जाल भए र विभिन्न मञ्चमा सामाजिकीकरण गरे काम पाउने तपाईको बाटो फराकिलो हुन्छ। सफलताको सम्भावना पनि बढ्छ।”

 २) आर्थिक रूपले चुस्त हुनुहोस्

अवसर पाउनासाथ समाउन सक्नुहुन्छ ? कि जीवनको वर्तमान परिस्थितिमा अल्झिएकाले त्यसलाई त्यसै जान दिनुहुन्छ ? सकेसम्म लचिलो हुनु महत्वपूर्ण भएको स्टार्रले बताइन्। थप खर्च नगर्नुहोस्। बचत गर्नुहोस्। नयाँ सीप आर्जन गर्न निरन्तर लगानी गर्नुहोस्। नयाँ अवसरको फाइदा उठाउन वा कुनै उदाउँदो स्थानमा बसाइ सर्न पछि नहट्नुहोस्।

३)  खराब भाग्य घटाउनुहोस्

धेरै पैसा पाउनु मात्रै पैसाको भाग्य खोल्नु होइन। जस्तै लट्री जित्नु वा कुनै पैतृक सम्पत्ति हात पार्नु। सम्भावित खराब भाग्य न्यूनीकरण गर्नु पनि यसको काम हो। अर्थात् आकस्मिक समयका लागि बचत गर्ने बानीले गाडीको मर्मत वा स्वास्थ्य उपचार खर्च लगायतमा ठूलो सहयोग पुग्नसक्छ।

वारेन बफेट भन्छन्, आफ्नै क्षमताको घेराभित्र रहनुहोस्। तर कुनै विशेष उद्योग, क्षेत्र वा सम्पत्ति वर्ग असाध्यै सफल भएपछि त्यस्तो हुनु चुनौतीपूर्ण हुन्छ। “अरू सफल भएको देखेर आफूलाई पनि रहर लाग्छ। तर सफलता सजिलै हात पर्दैन,” माइकल माबुसिनले भने। उनी Blue Mountain Capital Management का अनुसन्धान निर्देशक हुन्। उनले “The success equations untangling skill and luck in business, sports and investing (द सक्सेस इक्वेसनस् अन्ट्याङ्गलिङ स्किल एन्ड लक इन बिजनेस, स्पोर्ट्स एन्ड इन्भेस्टिङ)” नामक पुस्तक लेखेका छन्।

क्रिप्टोकरेन्सी पछिल्लो उदाहरण हो। उदाउँदो सम्पत्तिको वर्ग बुझिएन भने त्योबाट टाढै बसेको राम्रो। कोही बिटकोइन मिलियनेयर भयो भन्दैमा आफू पनि भइन्छ भन्ने ग्यारेन्टी छैन।

४) हार नमान्नुहोस्

“चाँडै हार मान्ने भएकाले धेरै मानिसहरू भाग्यमानी हुँदैनन्,” स्टार्रले भनिन्,“दृढता आफैंमा एउटा सीप हो जसले भाग्यसम्म पुर्‍याउँछ।” यो सिद्धान्त जेमा पनि लागू हुन्छ। कामको खोजी होस् वा आफ्नो लागि सहि प्रेमी प्रेमिका खोज्न। बचत गर्ने होस् वा खराब समयमा लगानी गर्ने। विशेषगरी  क्यारियर सुरू गर्दा दीर्घकालीन सोच राख्नुहोस्। यसो गरे दशकौंसम्म आर्थिक सुरक्षा हुने स्टार्र बताउँछिन्।

खेल जित्न चाहने फुटबल टिमजस्तै मैदानमा रहनु र खेल्नु महत्वपूर्ण हुन्छ। हरेस खाएर घर फर्किए हारको ग्यारेन्टी हुन्छ। “जीवनमा आउने प्याटर्नलाई हेर्नुहोस्। हाम्रो जीवनमा प्रायस् हामी नै भाग्यको श्रोत हौं वा अभाव पनि,” स्टार्रले भनिन्।