२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसा शिक्षालाई शिक्षा विधेयकमा पूर्णरुपमा नसमेटिएको भन्दै मुस्लिम अगुवाहरुको असन्तुष्टि



अ+ अ-

काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन् ।

उनिहरुले विधेयकमा मदरसा शिक्षाका केही कुराका सम्बोधन भएपनि अपूर्ण रहेको भन्दै सरकारको ध्यानकर्षण गराएका हुन्।

नेपाल हज समितिका पूर्वअध्यक्ष ताज मोहम्मद मियाँले न्यूजपोलारसंग भन्नुभयो ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षालाई सम्बोधन गरिएकामा सरकारलाई धन्यवाद दिएका छौ तर त्यो अपूर्ण छ पूर्ण बनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई एक ज्ञापनपत्र बुझाएका छौ ।’

उहाँले मूलभूतरुपमा विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै आवश्यक संशोधनका लागि अनुरोध गरिएको बताउनु भयो ।

ज्ञापनपत्र बुझाउन सांसद खालिद सिद्दिकी, कल्पना मियाँ विभिन्न मुस्लिम भातृ संगठन र सामाजिक संघ संस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।