• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास

यँया: (इन्द्रजात्रा) अवलोकनका लागि नान्जिनका उपप्रमुख ताइजुनको नेतृत्वमा ५ सदस्यी टोली काठमाडौँमा



काठमाडौँ  । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुनविच शिष्टाचार भेट भएको छ ।

यँया: (इन्द्रजात्रा) अवलोकनका लागि काठमाडौँ आउनु भएका उपप्रमुख नेतृत्वको प्रतिनिधि मण्डलले उपप्रमुख डंगोलसँग शिष्टाचार भेट गरेको हो ।
भेटका क्रममा उपप्रमुख डंगोलले, विश्वका जुनसुकै भूगोल र मौसमबाट आए पनि आफ्नै अनुकुलको वातावरण पाउनु काठमाडौँको प्राकृतिक वातावरण भएको बताउनुभयो ।

‘काठमाडौँ विविधताभित्र एकता भएको मन्दिरै मन्दिरको सहर हो । आधुनिकताले मौलिकतालाई संकटमा पारेको छ । यो संकट सामना गर्न महानगरपालिकाले नीति, बजेट र कार्यक्रम तर्जुमा गरेको छ ।’ उहाँले, शैक्षिक कार्यक्रमअन्तर्गत बुक फ्री फ्राइडे, आधारभूत र आकस्मिक स्वास्थ्य सेवामा सबैको पहुँच, विकाससँगै काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा कायम राख्न मूर्त अमूर्त सम्पदा संरक्षण तथा प्रवर्धनका कार्यक्रम, वातावरणीय सुधार लगायत क्षेत्रका विषयमा जानकारी गराउनुभएको थियो ।

नान्जिन नगरका उपप्रमुख ताइजुनले, नान्जिन वातारणमैत्री सहर भएको, वायु प्रदुषणको समस्या समाधान गरिएको, प्राचीन र पर्यटकीय सहर भएको उल्लेख गर्नुभयो । ‘हाम्रो नगरले चीनको जीडीपीमा ठूलो योगदान दिएको छ । नान्जिन चीनमा घोषित ठूला ९ सहरमध्येको एक सहर हो ।’ उहाँले भन्नुभयो, ‘हामीले ५४ वटा देशका १ सयभन्दा धेरै नगरसँग भगिनी सम्बन्ध गाँसेका छौँ । सबैसँग समान दुरी छ । आपसी हित र ज्ञान सिपको विषय आदान प्रदान गर्छौँ । यसमा हामीलाई गर्व छ ।’

भेटमा महानगरका निर्देशक महेश काफ्ले, अन्तरराष्ट्रिय सम्बन्ध सचिवलायका प्रमुख यम बसेल, नान्जिन नगरका स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई सहभागी हुनुहुन्थ्यो ।

शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थापन, जनप्रतिनिधि र कर्मचारी तथा नागरिक स्तरमा आपसी सिकाइ, ज्ञान र सिपको आदानप्रदानमा आपसी कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा छलफल भएको थियो । विद्युतीय शासन, राजनीतिमा महिला नेतृत्व विकास, जलबायु परिवर्तनले सहरी क्षेत्रमा पारेको असर न्युनीकरण आपसी कार्यक्रम हुन् । छलफलका क्रममा उठेका विषय हुन् ।

चीनका राष्ट्रपति सि चिनफिङ् र नेपालका तत्कालीन प्रधानमन्त्री के. पि. शर्मा ओलीको उपस्थितिमा काठमाडौँ महानगरपालिका र नान्जिन नगरविच २०७६ असोज २६ गते भगिनी सम्बन्ध स्थापना भएको हो । भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा महानगरका तत्कालीन प्रमुख बिद्यासुन्दर शाक्य र नान्जिङ् म्युनिसिपल कमिटीकी तत्कालीन सेक्रेटरी जेफाङ् एङ्बुआले हस्ताक्षर गर्नुभएको थियो । यस्तै शाक्य र नेपालका लागि चीनका तत्कालीन राजदूत छोउ यान्छीबिच सम्झौता आदान प्रदान भएको थियो । दुई नगरबिच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई असोज २३ गते बिहीबार बसेको मन्त्री परिषद्को बैठकले अनुमोदन गरेको थियो ।

सम्झौताबमोजिम दुई नगरका विचमा संस्कृति, सम्पदा र पर्यटनको संरक्षण तथा प्रबर्धन, बिकास निर्माण र बिकास व्यवस्थापनमा अनुभव आदान—प्रदान, उद्योग र बाणिज्य, शिक्षा, स्वास्थ्य, अर्थ बाणिज्यलगायतका क्षेत्रमा आपसी एवम् पारस्परिक क्षमता बिकास एवं प्रवर्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

चीनको पूर्वी जिआङ्सु प्रान्तको राजधानी नान्जिङ साङ्घाई सहरबाट करिब ३०० किलोमिटर माथि छ । यो सहर मिङ राजवंशको समयमा करिब ४५० बर्ष राष्ट्रिय राजधानी थियो । १४ औँ शताव्दीमा दक्षिणी प्रवेश द्वार रहेको यस क्षेत्रमा विशाल पर्खालले घेरिएको थियो । गेट अफ चाइनाका नामले परिचित जिआङ्सु गेटका स्थल चिन्हहरु अहिले पनि देख्न सकिन्छ ।