२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजमा अराजकता बढ्दै गयोः उपाध्यक्ष शाक्य



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताउनुभएको छ ।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा अराजकता र अनैतिकता बढीरहेको बेलामा र मानव सेवा कमजोर बन्दै गएको बेलामा जनसेवामा समर्पित हुँदै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिमर्पण गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि सकारात्मक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि राम्रो छैन, छिछि दुरदुर गरिन्छ । अहिले पनि समस्या छ । परिवारमा र समाजमा धेरै समस्या छ । त्यो बेलामा डाक्टर भएर क्षयरोग र कुष्ठरोगको उपचार गरिरहँदा उहाँको भावनामा के के जाग्यो ? कसरी गर्नुभयो भन्नेकुरा सोध्न मन छ । त्यसरी उहाँले समाज, परिवारले छिछि दुरदुर गरेको काम कसरी सफल गर्नुभयो भन्ने जिज्ञासा छ । उहाँले अत्यन्तै विज्ञ भएर काम गर्नुभएको छ । मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता छ । अहिले समाज अलिकति अराजकता, अनैतिक हुँदै गएको बेलामा मानव सेवामा कमजोर हुँदै गएको बेलामा त्यसरी समर्पित गर्दै जानुपर्छ ।’

उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।