५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

‘कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ’ (भिडियो)

‘कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ’ (भिडियो)
अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएको छ । 
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताउनु भएको हो ।

उहाँले केही प्रतिबन्धात्मक व्यवस्थासहित जिल्ला प्रशासन कार्यालयले आईतबार नयाँ आदेश जारी गरेको र सो आदेशमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाउने र १२ वर्ष भन्दामाथिका विद्यार्थीका हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्यासमेत विचार गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने गरी सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै सबै किसिमका परीक्षाहरु विशेषतः स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी जेट आकारमा सिट व्यवस्थापन गर्ने र आगामी फागुन १ गतेदेखि परीक्षाहरु सञ्चालन गर्न पाउने पनि जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले आगामी फागुन १ गतेबाट दोहोरी, नाचघर, क्लव लगायतका रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल जस्ता सेवाहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी राति १० बजेसम्म सञ्चालन गर्न सक्ने पनि बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र त्यसको विश्लेषण सम्भावित प्रभाव समेतलाई मूल्यांकन गर्दै, समीक्षा गर्दै विभिन्न मितिमा यस कार्यालयबाट केही प्रतिवन्धात्मक व्यवस्थाहरु सहित आदेश जारी भएको थियो र हिजो मात्रै थप नयाँ आदेश जारी भएको छ । यसले कोभिडको पछिल्लो संक्रमणको अवस्था र त्यसले पार्ने जोखिम, त्यसको पछिल्लो ट्रेनसमेतका आधारमा अहिले केही गतिविधिहरुलाई थोरै लचिलो बनाइएको छ ।

त्यसअन्तर्गत विशेषतः आगामी फागुन १ गतेबाट विद्यालयहरु सञ्चालन गर्ने, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु, जनस्वास्थ्यका मापदण्ड पालना गरी फगुन १ गतेदेखि सञ्चलन गर्ने, विद्यालय सञ्चालन गर्दा विशेषतः १२ वर्ष भन्दा माथिका विद्यार्थीका हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्यासमेत विचार गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने भन्ने छ । सबै किसिमका परीक्षाहरु विशेषतः स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी जेड आकारमा सिट व्यवस्थापन गर्ने र आगामी फागुन १ गतेदेखि परीक्षाहरु सञ्चालन गर्ने । दोहोरी, नाचघर, क्लव लगायतका रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल जस्ता सेवाहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी राती १० बजे भन्दा माथि नजाने गरी फागुन १ गतेबाट सञ्चालन गर्न सक्ने ।

पार्टी प्यालेसमा विशेषतः पूर्ण खोप लगाएका १०० जनामा नबढ्ने गरी मात्र उपस्थित रहने व्यवस्था गरेर विवाह, व्रतबन्ध, न्वारन, पास्नी जस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था भएको छ । सवारी साधनमा जोर बिजोर लागू गरिएको थियो, त्यो आजबाट हटाइएको छ । खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पूर्ण खोप लगाएका दर्शक उपस्थित गराउने । जनस्वास्थ्यको मापदण्ड एवं सम्बन्धित खेलको अन्तर्राष्ट्रिय प्रोटोकल पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न पाउने । सार्वजनिक सेवा लिन सबैले खोप कार्ड लिनुपर्ने यो निरन्तर छ । यसको प्रतिक्रिया पनि राम्रो छ । यो आदेशको प्रभावकारी कार्यान्वयनको लागि हामी आम नागरिकहरुलाई विशेष अपिल गर्दछौँ । जोखिमलाई मध्यनजर गरेर हामीले यी आदेशहरुको कार्यान्वयन र अनुगमन पनि गरिरहेका छौँ । आगामी दिनमा परिस्थितिलाई नजिकबाट अनुगन हुन्छ, विश्लेषण हुन्छ । त्यसको प्रभावको मूल्यांकन हुन्छ र सोही बमोजिम आदेशहरु परिमार्जन हुने सम्भावना हुन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रम गर्दा बढीमा १०० जना उपस्थित हुन सक्ने र उपस्थितले खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने बताउनु भयो । उहाँले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनको प्रभावकारी कार्यान्वयन अनुगमन पनि गरिने स्पष्ट पार्नुभयो । जिल्ला प्रशासनले खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पूर्ण खोप लगाएका दर्शक उपस्थित हुनसक्ने र सार्वजनिक सेवा लिनेहरुले कोरोनाको पूर्ण मात्रा खोप लगाइसकेको हुनुपर्ने पनि निर्देशनमा उल्लेख गरेको छ ।