३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ ।  नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताउनुभएको छ ।

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसाचिव पोखरेलले गत निर्वाचनमा सामनुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको जनाउँदै अबका दिनमा पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘एमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो ।’’ उहाँले समाजमा रहेको सामाजिक अराजकता, मौलिक संस्कृतिमाथिको विघटनतर्फ उन्मुख भएको टिप्पणी गर्र्दै समाजको मनोविज्ञानलाई अनुशासित र राष्ट्र निर्माणको सङ्कल्पबाट राष्ट्रिय एकतालाई सवल बनाउनु एमालेको मुख्य चासो भएको स्पष्ट गर्नुभयो ।

एमालेको प्रथम अधिवेशनको ब्यानर अङ्कित ड्रोन उडाएर पार्टीका अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरु सहभागी हुनुन्छ । रासस