३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने



file
अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवार (भोलि)बाट शुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो पर्वको शुभारम्भ भोलिबाट हुने औपचारिक जानकारी गराएको हो । जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्दजात्रा भोलिबाट शुरु हुनेछ । जात्रा अन्तरगत वन प्रस्थान, लिंगो नगर प्रवेशलगायतका कर्महरु सम्पन्न भईसकेका छन । जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत संहार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ । ’

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन् । इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन् । ८ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाईन्छ ।