१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सविरूद्ध नेपाललाई २-० को अग्रता



अ+ अ-

काठमाडौँ । साफ यु–१९ फुटबल च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरूद्धको खेलमा नेपालले २-० ले अग्रता लिएको छ।

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफ नसकिदै अग्रता लिएको हो ।

नेपालका लागि प्रशान्त लकसमले १८ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिए । पछि खेलको ३० औ मिनेटमा गोल गर्दै समिर तामाङले टीमलाई दोब्बर अग्रता दिलाए ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । सेमिफाइनल प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ ।

यता, माल्दिभ्सले भने नेपालसँग बराबरी खेले पनि सेमिफाइनलको यात्रा गर्नेछ । माल्दिभ्सले पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

समूह ‘ए’ बाट पाकिस्तानले भने सेमिफाइनलको टिकट काटिसकेको छ । यस्तै, समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् ।