• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणलाई छाड्न अस्वीकार ★   टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश ★   नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो: मन्त्री लिम्बू ★   पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसीलाई धरौटीमा छाड्न आदेश ★   टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश ★   शरणार्थी प्रकरणः टोपबहादुरलाई छाड्न अस्वीकार ★   संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई: कार्ययोजनाबारे कुनै जानकारी छैन- संसद सचिवालय ★   केपी ओली कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई ★   केपी ओली कपको उपाधि मधेशलाई, आर्मी ११ रनले पराजित ★   राजसंस्था,हिन्दुराष्ट्र र संघीयता नचाहाने बिच मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन गरौ: कमल थापा

‘पूर्वाधार विकास कार्यक्रम’मा अधिकार नपाएको गुनासो



कर्णाली । कर्णाली प्रदेशसभामा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यले आफूहरुले अधिकार प्राप्त नगरेको गुनासो गरेका छन् । 

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको छैटौँ बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य मीनासिंह रखालले समानुपातिक प्रदेशसभा सदस्यहरुमाथि विभेद भएको बताउनुभयो । “पूर्वाधार विकास कार्यक्रम कार्यविधिले हामी समानुपातिक सदस्यमाथि विभेद गरेको छ”, उहाँले भन्नुभयो, “कार्यविधिले अहिलेसम्म प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यमार्फत बजेट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।”

दैलेखबाट प्रत्यक्ष निर्वाचित दुई प्रदेशसभा सदस्यको क्षेत्र अहिले खाली रहेको जनाउँदै उहाँले त्यस क्षेत्रको पूर्वाधार विकास कार्यक्रमको बजेट आफूहरुमार्फत कार्यान्वयन हुने गरी कार्यविधि संशोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार विकास कार्यक्रममा हामीलाई कुनै अधिकार छैन, जनताको मुखमा रित्तो जानुपर्नेछ, कार्यविधिले हामीलाई समेटेको छैन ।” 

त्यस्तै विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यत्रय राजु नेपाली, पद्मा खड्का र बद्मीक्वारी बोहोराले महिलाका लागि ३३ प्रतिशत अधिकारको व्यवस्था भए पनि कर्णाली प्रदेश सरकारले महिला समेट्न नसकेको टिप्पणी गर्नुभयो । सदस्य नेपालीले कर्णाली प्रदेशमा दलितको २४ प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गर्दै प्रदेश सरकारमा दलित र महिलाको सहभागिता शून्य हुनुले संविधानको खिल्ली उडाएको जनाउनुभयो ।