१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणको तयारी पूरा

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणको तयारी पूरा
फाईल फोटो
अ अ+ अ-

धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलको भोलि सोमबार जनकपुरधाम भ्रमणको तयारी पूरा भएको छ ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिरमा विशेष पूजाअर्चना र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास मन्त्रालयअन्तर्गतका सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिनुभयो ।

तय भएको कार्यक्रमअनुसार नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाडौँबाट ८:४० बजे जनकपुर विमानस्थल आइपुग्नु हुनेछ । उहाँलाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल विमानस्थलबाट सिधै जानकी मन्दिरका लागि प्रस्थान गर्नुहुनेछ र पूर्वी ढोकाबाट जानकी मन्दिर प्रवेश गर्नुहुनेछ । त्यहाँ जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गर्नुहुनेछ ।

आधा घण्टा जानकी मन्दिरमा बिताउँदा राष्ट्रपति पौडेलले सो क्रममा जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

जानकी मन्दिरमा पूजाअर्चना पश्चात प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाका प्रमुख खनालका अनुसार राष्ट्रपति पौडेलले दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन कार्यक्रम पश्चात सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात अपराह्न ३ बजे काठमाडौँ फर्किनु हुनेछ । नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै भोलि राष्ट्रपति पौडेल जनकपुरधाम आउन लाग्नुभएको हो ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजना हुने कार्यक्रममा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखको उपस्थिति रहने जनाइएको छ ।

विसं २०५७ मै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुने भएपछि जनकपुरधामवासी हर्षित भएका छन् ।

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारको पालामा कांग्रेसका अगुवा नेता स्वर्गीय महेन्द्र नारायण निधिकी धर्मपत्नी प्रेमसागर देवीले उक्त सांस्कृतिक केन्द्रको शिलान्यास गर्नुभएको थियो । उक्त सांस्कृतिक केन्द्र चरणबद्ध योजनाअन्तर्गत रु १२ करोड २४ लाख ७९ हजारको लागतमा तयार भएको हो । रासस