• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान



काठमाडौँ । इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

नयाँ दिल्लीमा आयोजना हुन लागेको तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले बिदाई गरेका थिए । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आजै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाह‌रूको सह-आयोजनामा असोज ८ गतेदेखि १० गतेस‌म्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम, सेना प्रमुख सुबेदार रत्‍न बहादुर थापा मगर पनि भारततर्फ प्रस्थान गरेका छन् ।

भ्रमण कार्यक्रम सकेर प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।