• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

आर्थिक अनियमितता गरेकोमा अख्तियारद्वारा मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा अनियमितता गरेको भन्दै ५ जनाविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले अनुसन्धान गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएकोभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिएको उल्लेख गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार निजहरुले निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रु ६,५८,४४०र१६ भुक्तानी दिएको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजहरुलाई सोही रकम बिगो कायम गरी कैद एवं जरिवाना गरी निजहरुबाट बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

उक्त माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, भुक्तानीका लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रु ६,५८,४४०र१६ भुक्तानी लिएको उल्लेख गरेको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजहरुलाई रु ६,५८,४४०र१६ बिगो कायम गरी बिगोसमेत जफत हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोप९पत्र दायर गरिएको जनाएको छ।