५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली शब्दकोशबाट ‘ॐ’ नहटाउन कांग्रेस नेता भण्डारीको चेतावनी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका छन् । आईतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले शब्दकोशबाट ॐ शब्द नहटाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

उनले सदियौँ देखि रहेको वैदिक सनातन धर्मविरुद्धमा सनातनीहरूलाई जिस्क्याउने र अपमान गर्ने काम भइरहेको बताउदै भने, ‘नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने जुन कुरा आएको छ। त्यसबारे सरकारबाट स्पष्ट जानकारी चाहियो । यदि सत्य हो भने सरकारले त्यस्तो कार्य तुरुन्त बन्द गरोस्। सरकार के हेरेर बसेको छ ? यसबारे पार्टीको दृष्टिकोण के हो ?’

मुलुक इतिहासमै सबैभन्दा संकटमा पुगेको बताउदै उनले यसको दाग कांग्रेसलाई नलगाउन आग्रह गरे । उनले पार्टी महासमिति बैठकमा पनि हिन्दु राष्ट्रका विषयमा छलफल हुनुपर्नेमा जोड दिए ।