२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको प्रश्न: किन गठनबन्धन र सरकार टिकाउने ?



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले सरकार र गठबन्धनका बस्नुको औचित्य पुष्टि हुन नसकेको बताउनु भएको छ ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा पौडेलले भन्नुभयो ‘गठबन्धन जोगाउनु मात्र ठुलो उपलब्धी हो र ? ‘उहाँले भन्नुभयो ‘सरकारमा हाम्रा साथीहरु पनि छन् तर राम्रोकाम गरे भनेर भन्ने सक्ने अबस्था छैन । ‘

उहाँले मुलुकको आर्थिक अबस्था निकै खराब भएको भन्दै यस्तो अबस्थामा पनि सरकार गम्भिर नभएको बताउनु भयो । उहाँले भन्नुभयो सरकार र गठबन्धन जोगाउने नाममा कहिले सम्म यो अबस्था भोगिरहने ।

पौडेलले भन्नुभयो ‘नेपालको ईतिहासमा यो भन्दा खराब आर्थिक अवस्था कहिल्यै थिएन तर सुधारका लागि सरकारको कुनै ठोस कदम देखिएन । केन्द्रीय समितिको बैठकमा पौडेलले अर्थतन्त्रमाथि संकट आउँदा पनि कांग्रेसले निकास दिन नसकेको बताउनु भयाे  ।

उहाँले भन्नुभयो ‘हामी आर्थिकरूपमा कमजोर अवस्थामा पुगेका छौं । रेमिटेन्स हेरी समस्या छैन भनेर ढुक्क नबनौं । बैंकमा चार खर्ब पैसा थुप्रिएको छ । तर, अथाह पैसा भए पनि बजारमा किन आउँदैन? अर्थमन्त्री हाम्रो हुनुहुन्छ, तर आर्थिक संकट छ । यसमा हामीले जवाफ दिनुपर्छ,’ पौडेलले भन्नुभयो, ‘३५ प्रतिशत सटर बन्द छन् । एक बोरा चामलमा ३ सय रुपैयाँ बढेको छ, यसैले हामी जवाफदेही र जिम्मेवार हुनैपर्छ ।’