१ पुष २०८२, मंगलवार
,
Latest
नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ साफ च्याम्पियनसिपः पाकिस्तान सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । राजधानीमा जारीcच्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

आजको खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लिएको थियो । माल्दिभ्सका खेलाडी सानन रसिद रसादले खेलको ३९ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८४ औँ मिनेटमा पाकिस्तानका साह जहानले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो ।

समूह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् । पाकिस्तानले दुई खेलमा चार अङ्क जोडेको छ भने एक खेल खेलेको माल्दिभ्सको एक अङ्क छ । नेपाल अङ्कविहीन छ । नेपाल र माल्दिभ्सबीच यही असोज ८ गते प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता टोली सेमिफाइलनमा पुग्नेछ ।