• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ ★   सहमतिबाटै नेतृत्व चयन हुन्छ: अध्यक्ष नेपाल ★   बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु

यू–१९ साफ च्याम्पियनसिपः पाकिस्तान सेमिफाइनलमा



काठमाडौँ । राजधानीमा जारीcच्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

आजको खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लिएको थियो । माल्दिभ्सका खेलाडी सानन रसिद रसादले खेलको ३९ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८४ औँ मिनेटमा पाकिस्तानका साह जहानले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो ।

समूह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् । पाकिस्तानले दुई खेलमा चार अङ्क जोडेको छ भने एक खेल खेलेको माल्दिभ्सको एक अङ्क छ । नेपाल अङ्कविहीन छ । नेपाल र माल्दिभ्सबीच यही असोज ८ गते प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता टोली सेमिफाइलनमा पुग्नेछ ।