• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

क्यान पदाधिकारी चयनका लागि मतदान जारी



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ ।

जिल्ला, प्रदेश तथा केन्द्रबाट आएका ८६ सदस्यहरूले निर्वाचनमा मतदान गर्नेछन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द तथा कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशन सिंह सर्वसम्मत चयन भइसकेका छन् ।

सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुँदैछ ।