२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ ।

शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको २५५ औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गर्नुभएको हो ।

सो स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी पाँडेको स्मरणमा उहाँको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा समेत अर्पण गर्नुभएको थियो । टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।

वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरेर काजी वंशराज पाँडे, तुलाराम पाँडे, केशरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १ हजार गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए ।

राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भएका थिए । अत: ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गरेका थिए ।

सोही बेलामा बारुद जल्दा तुलाराम पाँडेसहितका केही सिपाही पिल्सिएर मृत्युवरण गरेका थिए । उहाँकै स्मरणमा आज स्मृति सभा मनाइएको हो । उहाँको कान्तिपुर राजदरबार हनुमान ढोकामा देहान्त भएको थियो ।