• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

समृद्ध नेपाल सुखि नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छः उपप्रमुख डंगोल



काठमाडौँ । काठमाडौँ महानगरपालिकाकि उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ ।

शुक्रवार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखि नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समृद्ध नेपाल सुखि नेपालीको नारा तब यथार्थमा बदल्छ जब महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्छ । महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु कदापी होइन । महिला र पुरुष सँगसँगै एकै रथको दुई पांग्राको हिसाबले हामी अघि बढ्न सक्यौँ, एकअर्कालाई साथ दिनसक्यौँ भने बल्ल हामीले सोचेको समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थ हुनसक्छ । र हामी सबैले भन्दै आएको मिशन ८४ मा हामीले एकजुट भएर लाग्ने हो ।

युवा पुस्तालाई पनि सँगसँगै लग्नुपर्ने आवश्यकता छ । पार्टीलाई अझ सुदृढ गर्दै जाने हो भने सक्षम युवालाई अघि सार्नुपनि आजको आवश्यकता हो । यो कुरालाई मनन गर्दै अगाडी बढ्नुपर्छ । पार्टीका हरेक संगठनमा पनि युवाहरुलाई ग्रुम गर्दै लैजानुपर्ने आजको आवश्यकता छ । समयमै ग्रुम गर्दै नलग्ने हो भने हामी धेरै पछि पर्छांै । पछि पर्न हामी तयार छैनौँ ।

हामी अघि बढ्न तयार छौँ भने आजको मागलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्नेछ । युवालाई पार्टीमा स्वागत गर्दै जाने हो भने हामीले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्छ र दिनचर्यालाई पनि राजनीति सँगसँगै जोड्दै लैजानुपर्नेछ ।’

उहाँले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।