• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली ★   ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित ★   उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक: अध्यक्ष लिङदेन ★   टी–२० विश्वकप: सुपर आठ खेल्ने ७ टोलीको टुंगो, यस्तो छ तालिका

‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग



फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

बिहीवार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुुभयो । उहाँले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताउनु भयो । उहाँले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न गर्नुभयो । सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गर्नुभयो ।

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उहाँले आग्रह गर्नुभयो । काँग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रुपमा छानबिन हुनुपर्ने बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र काँग्रेसका कोही व्यक्ति दोषी देखिए काँग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गर्नुभयो । उहाँले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र समशेरले अन्त्य गरिसक्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुशासन स्थापित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयको सन्दर्भमा हामीले गरेका प्रयासहरु जति प्रयासहरु गरेका छौँ, पर्याप्त छैनन्, पर्याप्त भएनन् । त्यसैले अहिले हामीले दबाबको भुमिका जरुरी छ । हामी सरकारमा हुँदा भएका कमजोरीको पनि फाइल खोलियोस् भनेर हाम्रो उपसभापति धनराज गुरुङको नेतृत्वमा संसदमा नेपाली काँग्रेस पार्टीले प्रश्ताव लगेको छ । नयाँ पार्टीका साथीहरुले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरु खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो काँग्रेस ? साथीहरु भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रश्ताव, सहमहामन्त्री बद्रिप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली काँग्रेस पार्टीले संसदमा प्रश्ताव नै दर्ता गरिसकेको छ । ०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रश्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली काँग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छाँै । प्रश्न एकजना व्यक्तिको सन्दर्भको होइन ।’

‘संसदमा बोल्दै गर्दा उहाँले यसको यो बिरोध बिरोध छ भन्नुभयो । अरुअरु माथि पनि छ त, ममाथि मात्रै किन ? ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरु माथि पनि छ भन्ने छ । काँग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु,भाउजु, मामा, माइजु काँग्रेसको कोको माथि सभापति, उपसभापति, पदाधिकारी कोको ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनपर्छ । कुनै राजनीतिक दल यसरी उभिएर संसार सबैका सामुन्ने पार्टीका सबैको छानबिन गराउन तयार छु कोही भन्छ ? नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदी दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, विश्वप्रकाश शर्मा दोषी देखिए विश्वप्रकाश शर्मा जेल जाने हो, बाँकी काँग्रेस जाने होइन । सती प्रथा हो ? श्रीमानको मृत्यु भएपछि श्रीमती जाने ? यो त चन्द्र समशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ । संसदमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसदमा छन् भन्नुभयो, त्यो भन्न पाइँदैन । सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसदमा बोलन पाइन्छ भन्नेकुरामा सहमत हो ? यदी होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर ।’

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताउनु भयो । उहाँले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोचि राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताउनु भयो । महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्ने बताउनु भयो । नेपाल अनन्त सम्भावना रहेको देश भएको पनि बताउनु भयो । उहाँले राजनीतिमा कुनैपनि संकट नरहेको बताउनु भयो ।