१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।

बिहीवार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुुभयो । उहाँले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताउनु भयो । उहाँले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न गर्नुभयो । सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गर्नुभयो ।

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उहाँले आग्रह गर्नुभयो । काँग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रुपमा छानबिन हुनुपर्ने बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र काँग्रेसका कोही व्यक्ति दोषी देखिए काँग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गर्नुभयो । उहाँले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र समशेरले अन्त्य गरिसक्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुशासन स्थापित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयको सन्दर्भमा हामीले गरेका प्रयासहरु जति प्रयासहरु गरेका छौँ, पर्याप्त छैनन्, पर्याप्त भएनन् । त्यसैले अहिले हामीले दबाबको भुमिका जरुरी छ । हामी सरकारमा हुँदा भएका कमजोरीको पनि फाइल खोलियोस् भनेर हाम्रो उपसभापति धनराज गुरुङको नेतृत्वमा संसदमा नेपाली काँग्रेस पार्टीले प्रश्ताव लगेको छ । नयाँ पार्टीका साथीहरुले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरु खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो काँग्रेस ? साथीहरु भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रश्ताव, सहमहामन्त्री बद्रिप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली काँग्रेस पार्टीले संसदमा प्रश्ताव नै दर्ता गरिसकेको छ । ०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रश्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली काँग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छाँै । प्रश्न एकजना व्यक्तिको सन्दर्भको होइन ।’

‘संसदमा बोल्दै गर्दा उहाँले यसको यो बिरोध बिरोध छ भन्नुभयो । अरुअरु माथि पनि छ त, ममाथि मात्रै किन ? ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरु माथि पनि छ भन्ने छ । काँग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु,भाउजु, मामा, माइजु काँग्रेसको कोको माथि सभापति, उपसभापति, पदाधिकारी कोको ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनपर्छ । कुनै राजनीतिक दल यसरी उभिएर संसार सबैका सामुन्ने पार्टीका सबैको छानबिन गराउन तयार छु कोही भन्छ ? नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदी दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, विश्वप्रकाश शर्मा दोषी देखिए विश्वप्रकाश शर्मा जेल जाने हो, बाँकी काँग्रेस जाने होइन । सती प्रथा हो ? श्रीमानको मृत्यु भएपछि श्रीमती जाने ? यो त चन्द्र समशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ । संसदमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसदमा छन् भन्नुभयो, त्यो भन्न पाइँदैन । सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसदमा बोलन पाइन्छ भन्नेकुरामा सहमत हो ? यदी होइन भने किन रेकर्डबाट हटाउनु हुन्न ? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर ।’

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताउनु भयो । उहाँले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोचि राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताउनु भयो । महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्ने बताउनु भयो । नेपाल अनन्त सम्भावना रहेको देश भएको पनि बताउनु भयो । उहाँले राजनीतिमा कुनैपनि संकट नरहेको बताउनु भयो ।