१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिणीति–राघवको विवाहमा सुरक्षा व्यवस्था कडा पारिने



अ+ अ-

एजेन्सी । आम आदमी पार्टीका नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडा छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । दुबैको विवाहको तयारी तिब्र रुपमा भइरहेको छ ।

दुवैको विवाह भोलि शनिबारबाट सुरु हुनेछ । उनीहरु दुवैले आइतबार धुमधामका साथ विवाह गर्दैछन् । राघव चड्ढा र परिणिती चोपडा बिहीबार बिहान उदयपुर प्रस्थान गरेका छन् । परिणिती चोपडाले विवाहमा मनिष मल्होत्राले डिजाइन गरेको पोशाक लगाउने छिन् । हालै उनीहरुको विवाहको पूर्ण सुरक्षाको खबर बाहिर आएको छ ।

इन्डिया टुडेमा प्रकाशित रिपोर्टका अनुसार परिणीति चोपडा र राघव चड्डाको विवाह स्थल ‘होटल लीला प्यालेस’ मा निकै कडा सुरक्षा व्यवस्था गरिएको छ । आम आदमी पार्टीका नेता राघव चड्डा एक होटलबाट पूर्ण रूपमा सजाइएको डुङ्गामा मेवारी शैलीमा परिणिती चोपडालाई लिन लीला प्यालेस जानेछन् ।

यो भव्य विवाह स्थलमा १०० सुरक्षा गार्ड तैनाथ गरिएको छ । होटल लीला प्यालेस पिचोला तालको बिचमा बनेको हुनाले तालको बिचमा रहेका चार–पाँच वटा डुंगामा समेत सुरक्षा व्यवस्था निकै कडा हुनेछ । यस होटलको विशेष जेट्टीमा पनि विशेष सुरक्षा हुनेछ ।

सुरक्षा कारणलाई मध्यनजर गर्दै प्रहरीले परिणिती–राघवको विवाहमा हुने सुरक्षाको पूर्ण निगरानी गर्न १५ स्थानमा नाकाबन्दी चेकपोष्ट बनाएको पनि दाबी गरिएको छ ।

परिणीति(राघवको विवाहमा आउने पाहुनाका लागि पनि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । विमानस्थलमा पाहुनाको सुरक्षाका लागि प्रहरी र अतिरिक्त बलका अतिरिक्त निजी गार्ड पनि रहने बताइएको छ ।