२२ श्रावण २०८३, शुक्रबार
,
Latest
जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी पाँच कुटनैतिक नियोग बन्द गरिँदै स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल नेपाल शिक्षक महासंघले भन्यो–अबको आन्दोलन विगत भन्दा सशक्त हुनेछ सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाल पाकिस्तानसँगै समूह ‘डी’ मा



अ+ अ-

काठमाडौँ । आगामी जनवरीमा श्रीलंकामा हुनलागेको आइसिसी यू–१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनवरी १३ देखि सुरु हुनलागेको १५ औं यू–१९ मेन्स विश्वकपको खेलतालिका सार्वजनिक गरेको हो ।

खेलतालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको छ । नेपालले समूह ‘डी’ मा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग सामना गर्नेछ ।

नेपालले समूह चरणको पहिलो खेल जनवरी १३ मा न्युजिल्यान्डविरूद्ध खेल्नेछ । अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ ।

आइसिसीले प्रतियोगितामा सहभागि १६ टोलीलाई चार समूहमा विभाजन गरेको छ । हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।

दुई समूहको शीर्ष तीन टोलीले सुपर सिक्समा दुई खेल खेल्ने छन् । अर्को समूहबाट छनौट भएका टोलीसँग यी दुई खेल हुने छन् ।
नेपाल रहेको समूह ‘डी’ का टप थ्री टोलीले सुपर सिक्समा समूह ‘ए’ का टप थ्री टोलीसँग खेल्नेछ । समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेको छ । यस्तै, समूह ‘बी’ ले समूह ‘सी’ सँग खेल्नेछ । समुह ‘बी’ मा इंग्ल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् भने समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन् ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष दुई गरी चार टोली सेमिफाइनलमा छनौट हुने छन् । फाईनल खेल फेबररी ४ मा हुनेछ ।