३ भाद्र २०८३, बुधबार
,
Latest
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा कोरोनाका तीन हजार ३३८ जना नयाँ सङ्क्रमित



अ+ अ-

इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना  नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण  ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि)ले सोमबार जनाएको छ ।

पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको संख्या १४ लाख ६३ हजार १११ पुगेको छ । हालसम्म  १३ लाख ४४ हजार ४०३ जना कोरोना मुक्त भएका छन् ।  सक्रिय सङ्क्रमितको संख्या ८९ हजार १९२ मा झरेको थियो, जसमा एक हजार ६८४ गम्भीर अवस्थामा रहेका बताइएको छ । 

एनसीओसीका अनुसार आइतबार भाइरससँग लड्दै ३८ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या २९ हजार ५१६ पुगेको हो । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त कोरोनाको अत्यन्त प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख २ हजार २६२ कोरोना सङ्क्रमित भएका छन् । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा ४ लाख ८९ हजार ६५५ जना सङ्क्रमति भएका छन् । (रासस-सिन्ह्वा)