५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलन: दुवै पक्षलाई सहमतिमा पुग्न महन्थ ठाकुरको आग्रह



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गर्नुभएको छ ।

“शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ”, उहाँले जारी गर्नुभउको विज्ञप्तिमा भनिएको छ ।

बुधबारदेखि शिक्षकहरु प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठन/पाठन ठप्प भएको छ ।

लोसपाले यथाशीघ्र पठन/पाठन सुचारु हुने वातावरणका लागि आन्दोलनरत पक्ष र सरकार दुवै पक्षलाई आग्रह गरेको छ ।

अध्यक्ष ठाकुरले भन्नुभएको छ, “विद्यार्थीको अध्ययन/अध्यापन पूर्णत: लामो समय सम्म ठप्प हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठन/पाठन सुचारु गर्न आवश्यक रहेको छ ।”