९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ: महामन्त्री थापा

विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ: महामन्त्री थापा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने बताउनु भयो ।

उहाँले अहिले बनाउने कानूनले आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानून बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमीक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा अहिले कानून बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताउनु भयो । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज अफ्ठ्यारो माहोल छ । विद्यालयहरु बन्द रहेको अवस्था छ । शिक्षक साथीहरु संघर्षमा हुनुहुन्छ । हामी आज नेपाल सरकार र उहाँहरुको बीचमा संवाद पनि चलिरहेको छ । केही सकारात्मक निष्कर्ष आउँछ भन्ने हाम्रो विश्वास छ । हामी लामो समयदेखि नेपालको शिक्षाको सुधार गर्ने पक्षमा थियौँ । हामी के भनिरहेका थियौँ भने यो धेरै पहिला आइसक्नुपर्ने थियो । ओभरल शिक्षालाई हेर्ने एउटा कानून धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । म एउटा ल मेकर्स भएर काम गर्दा त्यो प्रथम दृष्टिमा हेर्दा नै सयौँ त्रुटी छन् ।’

‘यो विधेयकमा संशोधन हाल्न शुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटी रहेछन् ? यसको यावत त्रुटीहरु छन् । अहिले बनाउने कानूनले आजको समस्या मात्र होइन, कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानून बन्नुपर्छ । नेपालको शिक्षा क्षेत्र सुधार गर्ने हो भने नेपालमा सबैभन्दा धेरै पे हुने जब शिक्षण पेशा हुनुपर्छ । शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा पनि अहिले कानून बन्दै गर्दा पनि दिन सकेनौँ भने हामीले हाम्रो विद्यालयलाई उकास्न सक्दैनौँ । हामी संसदबाट यसलाई सच्याउँछौँ । यो त सरकारको प्रश्ताव न हो । यसलाई संविधान सम्मत बनाउनु पर्नेछ । यत्रा केटाकेटी स्कुल पढ्न जान नपाउने कुरा चाँडो भन्दा चाँडो स्थगित गरी जानुपर्छ । सरकारले पनि आफ्नो कुरा स्पष्ट गर्नुपर्छ ।’

महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने विश्वास लिएको बताउनु भयो ।