१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान निर्वाचन: चतुरबहादुरसँग अध्यक्षमा भिड्दै बर्दियाका विनय राजभण्डारी



अ+ अ-

काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ(क्यान)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले वर्तमान अध्यक्ष चतुरबहादुर चन्दकोविरुद्धमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

वर्तमान अध्यक्ष चन्द पुन: अध्यक्षमा दोहरीने कुरा भईरहदा भण्डारीले चन्दको कार्यशैली मन नपरेका कारण आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । उनले आफूलाई २४/२५ जान साथीहरुको साथ रहेको बताएका छन् ।

वर्तमान लुम्बिनी प्रादेशिक क्रिकेट संघको उपाध्क्ष समेत रहेका भण्डारी बर्दियामा सदस्य, सचिव हुँदै पछिल्लो दुई कार्यकाल अध्यक्षको रुपमा छन् । उनी २० वर्षदेखि नेपाल क्रिकेट संघमा आवद्ध छन् ।

आइसिसी विश्वकप लिग २ मा गत फागुनमा भएको त्रिकोणात्मक ओडिआई सिरिजमा उनले राष्ट्रिय क्रिकेट टोलीका म्यानेजरका रुपमा पनि काम गरेका थिए ।

क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु भएको छ । आज उद्घाटन र बन्दसत्र हुनेछ भने भोलि नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।