२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान निर्वाचन: चतुरबहादुरको प्यानलबाट सचिवमा उठ्दै पारस खड्का



अ+ अ-

काठमाडौं । बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनमा सचिव पदमा उठ्ने भएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका खड्का चतुरबहादुर चन्दको प्यानलबाट सचिव पदको लागि उम्मेदवारी दिन लागेका बताईएको छ । यद्यपी खड्काले कुनै औपचारिक घोषणा भने गरिसकेका छैन ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट दुई वर्षअघि सन्यास लिएका खड्काले यसै पटक काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए भने बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए ।

क्यानको अधिवेशन र विशेष साधारण सभा आजबाट सुरु हुँदैछ । बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुने छ। क्यानका अनुसार पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ। १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन्।