७ भाद्र २०८३, आईतवार
,
Latest
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान निर्वाचन: चतुरबहादुरको प्यानलबाट सचिवमा उठ्दै पारस खड्का



अ+ अ-

काठमाडौं । बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनमा सचिव पदमा उठ्ने भएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका खड्का चतुरबहादुर चन्दको प्यानलबाट सचिव पदको लागि उम्मेदवारी दिन लागेका बताईएको छ । यद्यपी खड्काले कुनै औपचारिक घोषणा भने गरिसकेका छैन ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट दुई वर्षअघि सन्यास लिएका खड्काले यसै पटक काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए भने बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए ।

क्यानको अधिवेशन र विशेष साधारण सभा आजबाट सुरु हुँदैछ । बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुने छ। क्यानका अनुसार पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ। १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन्।